काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलबार विहान बसेको संसदीय दलको बैठकले वहुमतका आधारमा नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको हो । बैठकमा केपी ओली पक्षका सांसदले असहमति जनाएपनि बहुमत रहेको माधवकुमार नेपाल पक्षले उक्त निर्णय गरेको हो ।




