राजनीति

उपेन्द्र यादवलाई निष्कासन गर्ने ठाकुर समूहको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूहले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय गरे लगत्तै ठाकुर समूहले यादवलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

उपेन्द्र यादवलाई निष्कासनको निर्णय भएको जसपाका नेता केशव झाले बताए । दुवै पक्षले एकले अर्कोलाई पार्टी निर्णय विपरित लागेको आरोप लगाएका छन् ।

यसबीच अध्यक्ष यादवले महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएको हो । अध्यक्ष यादव पक्षीय जसपाको कार्यकारिणी समिति बैठकले आजै पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *