राजनीति

तरुण दल अध्यक्ष बस्नेत भन्छन संविधानमाथिको आक्रमण किमार्थ स्वीकार्य छैन

व्यवस्था र लोकतन्त्रको धज्जी उडाउने काममा संलग्न नायकहरु जनताको सामु घुँडा टेक्ने दिन धेरै टाढा छैन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीले जनता र व्यवस्थामाथि घात गरेको बताएका छन । असंवैधानिक तवरबाट मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि अध्यक्ष बस्नेतले जनता र व्यवस्थामाथि घात भएको बताएका हुन ।
अध्यक्ष बस्नेतद्वारा जारी प्रेस बक्तव्यमा भनिएको छ ‘नेपाल र नेपाली जनताको सात दशक लामो निरन्तरको संघर्षबाट प्राप्त व्यवस्था र यस व्यवस्थाले अंगिकार गरेको लोकतान्त्रिक विधि र पद्धतीलाई खलल बनाउँदै नेपालको संबिधान वि.सं. २०७२ ले निदृष्ट प्रकृया विपरीत मनोमानी तरिकाले असंवैधानिक ढंगबाट यो संविधानको मर्म र भावना प्रतिकूल राष्ट्रपतिद्वारा सिंगो नेपाली जनता र व्यवस्था माथि नै घात भएको छ’ ।

‘नेपालको लोकतान्त्रिक संविधानविरुद्धको एक अक्षम्य अपराध हा’े अध्यक्ष बस्नेतले भनेका छन ‘देश, राष्ट्रियता र लोकतान्त्रिक संविधानको अपव्याख्या गर्दै मध्यरातको अध्यारोमा संविधानको चिरगरण गर्ने गरी भएको नाङ्गो प्रहारको भत्सना गर्ने शब्द नै छैन । यो व्यवस्था र लोकतन्त्रको धज्जी उडाउने काममा संलग्न नायकहरु जनताको सामु घुँडा टेक्ने दिन धेरै टाढा छैन’ ।

अध्यक्ष बस्नेतले भनेका छन ‘कोरोनाको कहरले आहत बनेको देश र जनताहरुको स्वास्थ्य उपचारमा राष्ट्रिय एकता कायम राख्दै हामी सबैको ध्यान यसको निराकरणमा दिनुको सॉंट्टो पटक पटकको संविधान माथिको आक्रमण किमार्थ हाम्रो निम्ति स्वीकार्य विषय होईन’ ।
असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा एकजुट हुन नेपाल अध्यक्ष बस्नेतले सबैमा अनुरोध गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *