काठमाडौं । जनता समाजवादी पार्टी औपचारिक विभाजनको दिशामा अघि बढेको छ । महन्थ ठाकुर पक्षले बहुमत सांसदको उपस्थितिमा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको भोलिपल्टै उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ ।
दिउँसो एक बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठकले महन्थ पक्षमाथि कारवाहीको प्रस्ताव गर्ने सम्भावना रहेको एक नेताले बताए । जसपाको ५२ सदस्यीय कार्यकारिणी समितिमा दुवै पक्षले बहुमत दावी गरेका छन् ।




