काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले दिउँसो ३:३० बजे सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।





