काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले आज साढे ३ बजे देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले समसामयिक विषय र कोरोना सन्दर्भमा सम्बोधन गर्न लागेको थापाले जानकारी दिएका छन् ।




