मुख्य समाचार

एमालेले फ्लोर क्रस गर्ने चारसहित २० नेतालाई स्पष्टिकरण सोध्यो

काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम बैठक सम्पन्न भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ ।पार्टीका अध्यक्ष केपि शर्मा ओलीले अध्यक्षता गरेको बैठकलाई महासचिव इश्वर पोखरेलले सन्चालन गरेका थिए ।

बैठकले केहि दिन अघि कर्णाली प्रदेशमा पार्टीको ह्विप विपरित फ्लोर क्रस गर्ने चार जनालाई दुइदिन भित्र जवाफ माग्ने गरि स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

बैठकमा अध्यक्ष ओलीले ३२ पृष्ठको राजनीतिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने महासचिव इश्वर पोखरेलले सांगठनिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै सदस्यहरुको कार्यबिभाजन र बिभागीय जिम्मेवारी तोक्ने काम बिष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी रहेको कार्यदलले बैशाख १० गते बस्ने अर्को बैठकमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै पार्टीको बिरुद्धमा गतिबिधि गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, प्रकाश ज्वालासहित थप १६ जनालाई स्पष्टिकरण सोध्ने निर्णय समेत गरेको छ ।

आजको बैठकमा नेपाल पक्षका नेताहरु बिष्णु रिजाल, तिलकुमार मेन्याङ्वो, सोम मिश्र लगायतका आमन्त्रित सदस्यहरुको समेत उपस्थिति रहेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *