काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक स्थगित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेताहरुको व्यस्थताका कारण स्थगित भएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
आजको बैठकमा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने, नयाँ सत्ता समीकरणको प्रयास लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसूचि थियो ।




