काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’ लाई गृहमन्त्रीमा नियुक्त गरेकी छिन् ।
राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।
बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण गर्ने कार्यक्रम तय छ ।





