मुख्य समाचार

गृहमन्त्री बादललाई माओवादी केन्द्रले गर्‍यो कारबाही

नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ।

माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई आज पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो। राष्ट्रिय सभामा माओवादी केन्द्र संसदीय दलका नेता दीनानाथ शर्माले थापा एमालेको सदस्य भइसकेकाले माओवादी केन्द्रको सांसद नरहेका राष्ट्रिय सभालाई जानकारी गराएको बताए ।

यसअघि सांसदहरू टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीको सांसद पद रिक्त भइसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *