काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले बागमती प्रदेशसभा बैठक आज पनि अवरुद्ध गरेको छ । माओवादीले मंगलबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।
आजको बैठकमा मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको प्रस्तापक अरुणकुमार नेपाल उपस्थित भएनन् । यस्तै उक्त प्रस्तावको समर्थक बिनै सत्तारुढ दलका सदस्य कृष्णप्रसाद भुर्तेलले अविस्वासको प्रस्ताव फिर्ता लिने सम्बन्धी प्रस्ताव बैठकमा पेस गरेका थिए ।
तर, उक्त प्रस्ताव पेस गरेलगत्तै माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकट्टेले सो प्रस्तावमाथि बैठकमा छलफल नगराइयोस भनी बारम्बार माग गरे । माओवादीले सोही क्रममा बैठक अवरुद्ध बनायो ।
प्रदेशसभा बैठक भोलि ११ बजे बस्नेछ ।




