राजनीति

नेपाल–खनाल समूहको कार्यकर्ता भेला चैत ४ र ५ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधवकुमार नेपाल र झलनाथ खनाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला डाकेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि नेपाल–खनाल समूहले राष्ट्रिय भेला गर्ने निर्णय लिएको हो ।

शनिबार काठमाडौंमा उपलब्ध सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय लिएको नेता भीम रावलले जानकारी दिए ।

नेता रावलका अनुसार चैत ४ र ५ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला हुनेछ । जसमा आगामी कार्यदिशाबारे थप निर्णय लिइने तयारी रहेको छ ।

भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको नेता रावलले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *