काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ । केही समयअघिदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङ, हरिबोल गजुरेललगायतका नेता सहभागी छन् ।
तर, माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा, लेखराज भट्ट (जो अहिले केपी ओली नेतृत्वको सरकारमा सामेल छन्) भने पेरिसडाँडामा जारी बैठकमा गएका छैनन् । उनीहरू ओली नेतृत्वकै एमालेमै रहने भएका छन् ।
मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओलीले राजनीतिक सुनिश्चितताको ग्यारेन्टी दिएपछि माओवादी केन्द्रका नेताहरू मूलघरमा नफर्किने भएका छन् ।




