राजनीति

प्रवक्ता शर्माको प्रश्न–राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ?

काठमाडौं । सरकार र नेत्र विक्रम चन्द विप्लवबीच भएको सहमतिको स्वागत गरेको नेपाली कांग्रेसले विप्लव पक्षसँग भएका हतियारबारेको मौनताप्रति प्रश्न उठाएको छ ।

कांग्रेसका प्रवक्ता व्रिश्वप्रकाश शर्माले ट्वीट गर्दै विप्लव पक्षसँग रहेका हतियारबारे सम्झौतापत्र मौन रहेकोप्रति प्रश्न उठाएका हुन् ।

उनले ट्वीटमा यसअघि तत्कालीन माओवादी शान्ति प्रक्रियामा आउँदा केही हतियार खोलाले बगाएको भनिएकोमा अहिले पुरै हतियारबारे केही उल्लेख नभएको र यसको जवाफ सिंगो देशले चाहिरहेको बताएका छन् । ट्वीटमा उनले लेखेका छन्‚
‘प्रचण्ड आउँदा `खोलाले बगायो´ थोरै हतियार, विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ !!’

यस्तै प्रवक्ता शर्माले अब कम्युनिस्ट दर्शनका नाममा आमनागरिक मारिने छैनन् भन्ने साझा उद्घोष गर्न पनि कम्युनिस्ट पार्टीहरुलाई आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *