राजनीति

प्रधानमन्त्री ओली झापामा, झन्डै तीन दर्जन आयोजनाको शिलान्यास र उदघाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओली गृहजिल्ला झापा पुगेका छन् । यति एयरलायन्सको उडानबाट झापा पुगेका ओलीलाई भद्रपुर विमानस्थलमा प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश ३ का प्रदेश प्रमुख विष्णु प्रसाईं, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलगायतले स्वागत गरेका थिए ।

झापामा विभिन्न पुल उद्घाटन र शिलान्यास कार्यक्रममा सहभागी हुन ओली गएका छन्। प्रधानमन्त्री ओलीले आजै कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुर मंगलबारे जोड्ने पक्की पुल, दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल उद्घाटन गर्नेछन्।

आजै मध्यान्हमा नेपाल चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम छ।
त्यसपश्चात् ओलीले इलामको चुलाचुली जोड्ने पुल उद्घाटन गर्नेछन्। दमकको बेलडाँगी र इलामको बुकुवाबीचको रतुवा खोलाको पुल पनि प्रधानमन्त्रीले शिलान्यास गर्दै छन्।
दिउँसो करिब ४ बजे प्रधानमन्त्री ओलीले मदन भण्डारी मार्गमा जोडिने ३१ वटा पुलको शिलान्यास पनि एकैपटक गर्ने कार्यक्रम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *