काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् ।
बिहीबार बिहानै बामदेव गौतमसँगको भेटवार्तापछि पार्टी कार्यालय पेरिसडाँडामा भेटवार्ता सुरु भएको छ ।
अहिले जनता समाजववादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुसँग भेटवार्ता भइरहेको छ ।
संसद पुनःस्थापित भएको अवस्थामा कसरी सहकार्य गर्ने भन्ने विषयमा छलफल भइरहेको जसपाका एक नेताले बताए ।




