मुख्य समाचार

धर्मेन्द्र बाँस्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश, रिहा लगत्तै पुन: पक्राउ

काठमाडौं । नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ ।

सोमबार न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो । रिहा लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको छ ।

पुस २९ गते प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो । त्यससता उनलाई प्रहरीले सर्वोच्चले रिहा गर्ने आदेश दिएपनि पटक-पटक पक्राउ गर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *