काठमाडौं । प्रदेश नं १ को प्रदेशसभा बैठक सत्तारुढ नेकपा ओली पक्षले बहिस्कार गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेपछि मुख्यमन्त्री कार्यालयमा बसेको ओली पक्षको बैठकले प्रदेशसभा बैठक बहिस्कार गर्ने निर्णय गरेको हो ।
यस्तै, उक्त पक्षले आजको बैठकमा उपस्थित नहुनेबारे लिखित राय संसद सचिवालयमा दर्ता गराउने निर्णयसमेत गरेको एक नेताले जानकारी दिए ।




