राजनीति

प्रधानमन्त्री ओलीलाई विराटनगरमा कालो झन्डा

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज शनिबार प्रदेश १ को राजधानी विराटनगरमा सभा आयोजना ग-यो । उक्त सभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरमा पुगेलगत्तै प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

प्रचण्ड–नेपाल समूहका अनेरास्ववियूका नेता वासिम आलमसहित कार्यकर्ताले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रधानमन्त्री ओली विराटनगर एयपोर्टमा झरेपछि विद्यार्थीहरुले एयरपोर्ट मोडमा उनीविरुद्ध १०–१२ जना व्यक्तिले नाराबाजी गरेपछि उनीहरुलाई तितरबितर पारिएको प्रहरीले जनाएको छ ।

केही समय प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । प्रधानमन्त्री आउने भएपछि विराटनगरमा सुरक्ष व्यवस्था कडा बनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *