राजनीति

‘बैशाख २७ पछि नेपालको शासनको अथोरिटी को सँग हुन्छ ?’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली सरकारले घोषणा गरेको चुनाव नहुने ठाकुवा गरे । उनले भने– ‘यो चुनाव त हुनेवाला छैन् । बैशाखको २७ गतेपछि शासनको अथोअिधिकार को संग हुन्छ । चुनाव गर्छु भनेकाले बैशाख २७ गतेसम्म केपी ओलीसंग शासन गर्ने अधिकार होला तर त्यो भन्दा पछि शासन गर्ने अधिकार को संग हुन्छ । त्यसो हुँदा मुलुकमा अराजकता आउछ । त्यसपछि यो राज्यलाई नेत्रविक्रम चन्दहरुले पनि च्यालेन्ज गर्ने भए सेनाले पनि च्यालेन्ज गर्ने भए ।

जोसंग हतियार छ उसैले राज्यलाई च्यालेन्ज गर्ने भए । जो संग हतियार छ उहि शक्तिशाली हुने दिन आउछन् । को संग हुन्छ शासन गर्ने अधिकार । मुलुकमा यस्तो अवस्था आउदै छ ।

चुनाव भयो भने हामी जितौला तर अहिले हामीले तत्कालिन फाइदा हेर्ने कि मुलुकलाई संविधानलाई र लोकतन्त्रलाई हेर्ने ?

यो अवस्था आउदै गर्दा नेपाली कांग्रेसले मुलुकलाई वेवारिसे छोड्नु हुदैछ । मेरो पार्टीमा पार्टीका नेताहरुसंग यही आग्रह हो । नेपाली कांग्रेस जस्तो पार्टीले मुलुकमा संकट भएका बेलामा कांग्रेस रमिते बन्न हुँदैन । कांग्रेस देशको वारेस हो । कांग्रेस देशको भरोसा हो । हिजो राजा थिए । आजको भरोसा राजनीति दल नै हुन् । राजनीति दलहरुलाई पनि नेपाली जनताले भरोसा गरेका थिए । ती जनतालाई धोका दिएर कता कता पुगे ।

त्यसैले मुलुक र जनताको भरोसा कांग्रेस नै हो । कांग्रेस सहि बाटोमा सही ढंगले उभिएन भने यसलाई भरोसा किन गर्ने ? जनताले भरोसा नै गर्ने ठाँउ पाएनन भने के हुन्छ ? अब हामीले भन्नुपर्छ मुलुक र जनतालाई भरोसा दिन्छौ । संविधान र लोकतन्त्र जोगाउछौ । नेपाली जनताको ७० वर्ष सम्मको पसिना खेर जान दिदैनौ । यो परिवर्तन हामी जोगाउछौ भनेर कांग्रेसले भन्नुपर्छ । यो संविधान र यो लोकतन्त्र जोगाउनका लागि हामीले कुनै पनि मुल्य चुकाउनुहुँदैन् ।

त्यसो भएका हुनाले यो प्रतिनीधिसभाको पुनःस्थापना हुनुपर्छ । अहिले हेर्दा त सरक्क चुनाव हुन्छ हामी जितिहाल्छौ भन्ने होला । संसद पुनःस्थापना हुँदा मन्त्री बन्ने सांसद बन्ने सवै उनिहरु नै हुन । चुनाव भयो भने हामी जितौला तर अहिले हामीले तत्कालिन फाइदा हेर्ने कि मुलुकलाई संविधानलाई र लोकतन्त्रलाई हेर्ने ?

मैले पार्टीका ३ वटा प्रस्ताव राखेको थिए, संवैधानिक अंगका नियुक्तीको खारजी, संसदको पुनःस्थापना र प्रदेशमा दर्ता भएको अविस्वासको प्रस्तावको पक्षमा मतदान गरौ भन्ने तर मेरो प्रस्ताव पास भएन् । निर्णय विहिन भएर पार्टी बसिराखेको छ । हामी निर्णय विहिन बन्ने होइन हामीले त मुलुकलाई दिशा दिने हो मुलुकलाई बाटो देखाउने हो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *