काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले तेस्रो चरणका आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा केन्द्रीय संघर्ष समितिले पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर तेस्रो चरणको १० दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
जसअनुसार २०७७ फागुन ५ गते देखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए।






