राजनीति

झाँक्री प्रहरी निगरानीमा, काठमाडौं आउनेवित्तिकै पक्राउ गरिने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाक्रीलाई प्रहरीले निगरानी बढाएको छ । राष्ट्रपतिविरुद्ध विवादस्पद अभिव्यक्ति दिएकी झाक्रीलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको बुझिएको छ । उनी यतिबेला काठमाडौ बाहिर छिन् । काठमाडौ आउना साथ प्रहरीले पक्राउ गर्ने संकेत दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर नेकपा (ओली समूह) को अखिल नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापालाई भेटेर झाँक्रीमाथि कारवाहीको माग गरेको थियो। सरकारको निर्देशनपछि प्रहरीले उनलाई निगरानीमा राखेको समाचार सार्वजनिक भएको छ ।

सेतो साडीको कुरा गर्दा राष्ट्रपतिको अस्मिताको अपमान भयो भन्ने ओली कम्पनीको महिला संघले बैतडीकी भागरथी भट्टको घटना किन देखेन ?

आफू पक्राउ पर्ने सूचना पाएकी झाँक्रीले गृहमन्त्री रामबहादुर थापालाई चुनौतिपूर्ण भाषा प्रयोग गरेर ‘सेतो साडीको कुरा सांकेतिक भएको बताउँदै आफूले सत्य बोलेको दावी गरेकी छन् ।

बाग्लुङमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै झाँक्रीले सेती साडीको कुरा सांकेतिक भएको स्पष्टिकरण दिइन्। ‘सेतो साडीको कुरा गर्दा राष्ट्रपतिको अस्मिताको अपमान भयो भन्ने ओली कम्पनीको महिला संघले बैतडीकी भागरथी भट्टको घटना किन देखेन ? उनले प्रतिप्रश्न गरेकी छन् । भागरथी र निर्मला घटनामा किन गृहमन्त्रीलाई ज्ञापनपत्र दिएन ? उनको भनाई थियो ।

झाँक्रीले थपिन्, ‘सेतो साडीको कुरा सांकेतिक कुरा हो। जसले गलत कुराको सुरुवात गर्‍यो त्यसले अहिले गलत नतिजा दिएको छ। यसमा कुनै कुरा असभ्य छैन।’ झाँक्रीले आफूले गलत प्रवृत्तिको विरोध गरेको भन्दै कार्यकारी अधिकार चाहिए चुनावमा आउन राष्ट्रपतिलाई चुनौती दिइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *