राजनीति

कांग्रेसको महिला संघले बैतडी घटनाबारे खटायो टोली, दियो यस्तो निर्देशन

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रिय महिला विभागले बलात्कारपछि हत्या गरिएकी भगिरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ ।

विभागका सचिव लक्ष्मी खतिवडाले आइतबार एक विज्ञप्ति जारी गरी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरिएको घटनाले नेविसङ्घ स्तब्ध भएको भन्दै हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेकी हुन् ।

“विगतका दिनमा निर्मला पन्त र सम्झना विक लगायत किशोरीको बलात्कार गरी हत्या हुँदासमेत घटनामा संलग्नलाई पक्राउ गरी कारवाही नहुनु दुःखद कुरा हो”, सचिव खतिवडाले विज्ञप्तिमा भनेकी छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *