मुख्य समाचार

भागरथी हत्याको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।

शनिबार विहान सामाजिक सञ्जालमार्फत सभापति देउवाले भट्टको हत्याको खवरले निकै मर्माहित भएको बताउँदै तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गरेका हुन् । ‘बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खवरले निकै मर्माहित भएको छु। उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु।’ उनले भनेका छन् ।

बुधबार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा नजिकैको लबलेक जङ्गलमा शव फेला परेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *