राजनीति

मोरङमा कांग्रेस प्रवेशकाे लहर

काठमाडौं । चुनावको सरगर्मीसँगै विभिन्न राजनीतिक दल त्यागेर नेपाली कांगे्रसमा प्रवेशको लहरै चलेको छ । नेपाल कम्युनिष्ट पार्टीले देखाएको नौट्यांकीबाट वाक्क भएर पूर्व प्रशासक, कर्मचारीहरु समेत नेपाली कांग्रेसमा आबद्ध हुन थालेका छन् ।

यस्तैमा नेपाल प्रहरीका पूर्वप्रहरी उपरिक्षक नरेन्द्र उप्रेती नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले शुक्रबार उप्रेतीलार्इ नेपाली कांग्रेसको सदस्यता दिदै पार्टीमा प्रवेश गराएका हुन् ।

मोरङको सुन्दरहरैंचा सलकपुरमा आयोजित कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले उप्रेतीसहित राप्रपाका पूर्व केन्द्रीय सदस्य कृष्ण भट्टराई, नेपाल सरकारका पूर्वसहसचिव प्रेमप्रकाश उप्रेतीसहित राप्रपा, पूर्वएमाले र पूर्वमाओवादी करिब २ सय ३३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाल प्रहरीमा व्यवसायिक तथा इमान्दार प्रहरी अधिकृतको छवि बनाएका उप्रेती १७ पुस २०७४ मा राजीनामा दिएका थिए । २०५१ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका उनी एसएसपी बढुवाको रोलक्रममा पहिलो पंक्तिमा रहेका थिए ।

उप्रेतीलाइ १५ पुसमा गृहमन्त्रालयले गरेको एसएसपी बढुवामा नियोजित रूपमा पछाडि पारिएको थियो । प्रहरी सेवामा २४ बर्ष सेवा गरेका उप्रती संगठन भित्र अन्यायमा परेपछि राजिनामा दिएका थिए । उप्रेतीको राजिनामाले प्रहरी संगठन नै तरंगीत बनेको थियो भने संगठनमा हुने अस्वस्थ्य प्रतिस्पर्धा बाहिरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *