राजनीति

नेकपाको कुनै पनि समूहलाई आधिकारिकता नदिएको निर्वाचन आयोगको प्रष्टिकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपाको कुनै पनि समूहलाई आधिकारिता नदिएको प्रष्ट पारेको छ ।

ओली समूहले आफूले आधिकारिकता पाएको दाबी गरे लगत्तै निर्वाचन आयोगले त्यसको खण्डन गर्दै कुनै पनि समूहलाई आधिकारिता नदिएको बताएको हो । निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलका अनुसार अहिलेसम्म कुनै पनि समूह आधिकारिकता दाबी गर्दै नआएको र निर्णय पनि नभएको जानकारी दिएका छन् ।

अहिलेसम्म दुवै पक्ष राजनीतिक दलसबन्धी ऐनको दफा ५१ अनुसार अभिलेखिकरण गरिदिनु भनेर आएकाले आयोगले त्यसलाई अस्वीकार मात्र गरेको उनले जानकारी दिए।

यसअघि नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले आयोगले निर्णय गरिसकेको र आफ्नो समूहले नै आधिकारिकता पाएको दावी गरेका थिए।

आयोगले ओली र प्रचण्ड–नेपाल दुवै समूहसँग पुनः छलफल गर्ने पनि जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *