काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षको स्थायी कमिटीको बैठक सुरु भएको छ । आइतबार दिउँसो १२ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक केहीबेर ढिला गरि सुरु भएको हो ।
आज बैठकमा समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गरिने बताइएको छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाले निरन्तर जनपरिचालनलगायतका कार्यक्रम अगाडि बढाउँदै आएको छ ।




