राजनीति

प्रचण्डका लडाकु चोर्ने ओलीको दाउ

वालुवाटारमा पूर्वमाओवादीका कमाण्डहरुबीच छलफल

काठमाडौं । नेकपा (ओली) समूहले पुष्पकमल दाहाल प्रचण्डसँग भएका जनयुद्धका कमाण्डरहरुलाई खोस्ने प्रयास गरिरहेका छन् । पूर्व माओवादी समूहका विग्रेडियर कमाण्डर, डिभिजन कमाण्डहरुलाई पालैपाले वालुवाटारका भेट गर्ने क्रमलाई तिब्रता दिइरहँदा कमाण्डहरु ओलीतिर अकर्षित हुने संभावना बढिरहेको छ ।

शनिवार सो समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन विद्रोही माओवादीका लडाकुहरुसँग छलफल गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व लडाकु कमाण्डरहरुसँग प्रधानमन्त्री ओलीले छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्थ थापाले जानकारी दिए । उनले भने, ‘पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा आयोजित भेटघाटका क्रममा सम्बोधन गर्दै भन्नुभएको छ ।’

प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएको छ। एक समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–माधवले गरेका छन् । अहिले दुबै समूह पार्टीका नेताहरु तथा पूर्व लडाकुहरुलाई आ आफ्नो समूहमा तान्न सक्रिय छन् । यहीबीचमा प्रधानमन्त्री ओलीले पूर्व लडाकु कमाण्डरहरुसँग छलफल गरेका हुन् ।

सो क्रममा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाहरूका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ।

यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’ शुक्रबार मात्रै प्रचण्डले कालीबहादुर खामलाई लक्षित गरेर आफूले बाह्रसम्म जनयुद्धम सिकाएकाहरुलाई ओलीले संरक्षण गर्न नसक्ने बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *