विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । उनीहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका हुन् ।
सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् । मुख्यमन्त्री राईविरुद्ध नेकपाका ३७ सांसदले हस्ताक्षर गरेका थिए । उक्त समूहमा अब ३२ जना मात्र बाँकी रहे ।




