काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध माघ ३ गते हुने विरोध प्रदर्शनमा सक्रिय रुपमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आव्हान गरेका छन् ।
कांग्रेसले माघ ३ गते ७५३ स्थानीय तहमा संसद विघटनविरुद्ध प्रदर्शनको कार्यक्रम राखेको छ । सो कार्यक्रममा आफ्ना कार्यकर्तालाई सक्रिय रुपमा सहभागिता जनाउन देउवाले आव्हान गरेका हुन् ।





