काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनको कदम राजनीतिक निर्णयको आधारमा गरिएको बताएका छन् ।
राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संबिधानमा प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने स्पष्ट व्यवस्था भएको दाबी गर्दै यो संबैधानिक भन्दा राजनीतिक विषय भएको बताए । उनले रो राजनीतिक विषय भएकोले सर्वोच्चमा परेको रिट खारेज हुनुपर्ने बताए ।
संबिधानको धारा ७६ मा प्रधानमन्त्रीको सिफारिशमा संसद विघटन हुने व्यवस्था रहेकोले सबैलाई एक पटक संबिधान पढ्न आग्रह गरे ।
सरकार रहने या चल्ने अवस्था नरहेमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले संसद विघटन गर्ने व्यवस्था रहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना कुनै हालतमा नहुने भन्दै प्रतिनिधि सभा के का लागि पुनर्स्थापना गर्ने भन्दै प्रश्न गरे । उनले प्रतिनिधि सभा के का लागि पुनर्स्थापना गर्ने ? हर्स ट्रेडिङका लागि, अस्थिरताका लागि भन्दै प्रश्न गरेका छन् ।




