राजनीति

संसद विघटनविरुद्ध एकजुट हुन नेता नेपालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनविरुद्ध एकजुट हुन आग्रह गरेका छन् । उनले विहीबार नागरिक समाजसँग पार्टीले गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै यस्तो आग्रह गरे । कार्यक्रममा प्रतिगमनकारी कदमविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने उनले बताए ।

प्रधानमन्त्रीले लोकतन्त्र र संविधानमा धावा बोलेको भन्दै प्रधानमन्त्रीको कदमबिरुद्ध सबै एकजुट हुनुपर्ने उनको आग्रह थिए । अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले पार्टीको विधि नमानेको र पद्दतिमा नचलेको कारणले पार्टीमा समस्या भएको धारणा राखे ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले संसदको विघटन गरेर लोकतन्त्र र संविधानमाथि हमला गरेको आरोप लगाए ।

कार्यक्रममा नागरिक समाजका अगुवाहरुले सरकारबाट अदालतलाई धम्की दिने काम भइरहेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने बताए । ओलीको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलन आवश्यक रहेको उनीहरुको भनाइ छ ।

राष्ट्रिय मानव अघिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले राजनीतिक दलको झगडामा देशमा जनता असहजतामा बाँचिरहेको रहेको बताए । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र क्षेत्रीले प्रधानमन्त्री ओली अव्यवहारिक व्यक्तिहरुबाट घेरिएको धारणा राखे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *