राजनीति

प्रतिनिधिसभा भंग असंवैधानिक: वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्री मिलेर असंवैधानिक तरिकाले प्रतिनिधिसभा भंग गरिएको आरोप लगाएका छन् । उनले संसद विघटनबारे जनता समाजवादी पार्टी (जसपा) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको गल्ती सर्वोच्च अदालतले सच्याउनुपर्ने बताएका छन् । ‘आफूले पाउँदै नपाएको अधिकार पाएको भन्दै केपी शर्मा ओलीले प्रयोग गर्नुभयो । यसले देशमा अनर्थ भयो ।’ उनले भने, ‘यसलाई सम्मानित अदालतले सच्याउनुपर्छ र प्रतिनिधिसभा पुनर्स्थापित गराउनुपर्छ ।’

पौडेलको भनाइ छ। ‘अब न्यायलय र न्यायमुर्तिहरूबाट संसद पुनर्स्थापना हुन्छ भने आशा छ,’ उनले भने, ‘संविधानको अक्षर र भावना ध्यान दिएर फैसला हुनुपर्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *