काठमाडौं । पीसीआर परीक्षणका लागि राष्ट्रिय सभाका सदस्यहरुको स्वाब संकलन गरिएको छ । राष्ट्रियसभाको हिउँदे अधिवेशन भोलि शुक्रबारबाट सुरु हुँदैछ । आज बिहीबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।
सबै सदस्यहरुको निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको संसद सचिवालयले जनाएको छ । पीसीआरको रिपोर्ट शुक्रबार बिहानसम्म आउने र नेगेटिभ भएका सांसदहरु मात्रै अधिवेशनमा सहभागी हुन पाउने छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित सबै सदस्यहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । सरकारले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेकोले यसपटकको हिउँदे अधिवेसनमा राष्ट्रिय सभाको बैठक मात्रै सञ्चालन हुनेछ ।




