राजनीति

नेकपा प्रचण्ड–नेपाल पक्षले बोलायो बागमती प्रदेशसभा संसदीय दलको बैठक

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित अष्टलक्ष्मी शाक्यले प्रदेश सभा संसदीय दलको बैठक बोलाएकी छन् । शाक्यले काठमाडौंमा प्रदेश सभा संसदीय दलको बैठक बोलाएकी हुन् ।

प्रदेश सभामा रहेका नेकपाका प्रचण्ड-माधव समूहका सांसदहरुको भेला आज बस्न लागेको प्रदेश सभा सदस्य तथा निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

यसअघि प्रदेश सभामा शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *