राजनीति

ओली पक्षले तोक्यो सातै प्रदेशका संयोजक, को को भए ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षले पार्टीका सातै प्रदेशमा संयोजक तोकेको छ ।


विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित केन्द्रीय कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशमा संयोजक तोकिएको जानकारी गराएका छन् ।

ओली पक्षको प्रदेश संयोजकमा प्रदेश एकमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा रसुदूरपश्चिममा लेखराज भट्ट तोकिएका छन् ।

त्यस्तै टोपबहादुर रायमाझीलाई जनवर्गीय संगठनको समन्वय संयोजक तोकिएको छ ।राजधानीको लागि कृष्णगोपाल श्रेष्ठ छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *