मुख्य समाचार

बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित दाहाल–नेपाल समूहका नेता निर्वाचन आयोगमा

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका नेताहरु बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बोकेर निर्वाचन आयोग पुगेका छन् । उनीहरु अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको निर्णयसहित नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बहुमत केन्द्रीय कमिटी सदस्यको हस्ताक्षर र मंगलबारको बैठकको निर्णय लिएर आयोग पुगेका छन् । आयोगमा नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी दर्ता छ । पोखरेलले केन्द्रीय कमिटीको करिब ६६ प्रतिशत सदस्यको हस्ताक्षर आफूहरुसँग रहेको दावी गरे ।

सरकारले संसद विघटन गरेपछि नेकपा पनि विभाजन भएको छ । नेकपाका दुवै समूहले छुट्टाछुट्टै बैठक राखेर आ–आफ्नो समूहलाई आधिकारीक दावी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *