मुख्य समाचार

संसद सचिवालयको स्पष्टोक्तिः५ गते ३ः३० बजे नै अविश्वास प्रस्ताव दर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे फरक फरक समय सार्वजनिक भएपछि संघीय संसद सचिवालय स्पष्टिकरण दिएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सभामुखको तोक आदेशपछि अविश्वासको प्रस्ताव पुस ५ गते अपरान्ह साढे ३ बजे दर्ता भएको प्रष्ट पारेका हुन् ।

‘अविश्वासको प्रस्ताव प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू समक्ष पेश गरी कार्यव्यस्था शाखा (प्रतिनिधि सभा)मा दर्ता हुने प्रचलन रहेको र पुस ५ गतेका दिन पनि सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी विधिवत रुपमा पेश भइ सभामुखको तोकआदेशपछि सोही दिन अपरान्ह ३ः३० बजे कार्यव्यवस्था शाखामा दर्ता भएको जानकारी गराउछु ।’ विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *