राजनीति

कांग्रेसले बोलायो सर्वदलीय बैठक, भोलि केन्द्रिय समितिको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रसले सर्वदलीय बैठक बोलाएको छ । बैठक दिउँसो चार बजे पार्टी कार्यालय सानेपामा बोलाइएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिएका छन् ।

यसअघि नेपाली काँग्रेसको हिजो बसेको पदाधिकारीहरुको बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको थियो । यसका बारेमा अन्तिम निर्णय गर्न पार्टीको केन्द्रीय कार्य समितिको बैठक काँग्रेसले भोलि दिउँसो बोलाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *