राजनीति

ओलीमाथि अनुशासनको कारबाही गर्ने नेकपाको तयारी

काठमाडौं । पार्टी निर्णयबिना नै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कारबाहीको तयारी गरेको छ ।

नेकपाको पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरु बालुवाटारमा भेला हुने क्रम शुरु भएको छ ।

स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न सक्ने र थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी एवं संसदीय दलको बैठक बस्न सक्ने बताइएको छ ।

नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवासमै बोलाइएको छ । बैठक १ बजेका लागि बोलाइए पनि प्रधानमन्त्रीको नयाँ कदमका कारण ढिला भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *