काठमाडौं । मन्त्रिपरिषद्बाट संसद विघटनको प्रस्ताव शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएर बालुवाटार फर्केका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा जुटेका छन्। स्थायी समिति बैठकअघि दुई अध्यक्ष बालुवाटारमा छलफलमा जुटेका हुन्।
दाहालले आफ्नो निवास खुमलटारमा सचिवालयका नेताहरुसँग आगामी कदमबारे छलफल गरेका थिए । सोही छलफलपछि दाहाल प्रधानमन्त्रीलाई भेट्न र स्थायी कमिटी बैठक संचालनका लागि बालुवाटार पुगेका हुन् । स्थायी कमिटी बैठकका लागि अन्य नेताहरु पनि बालुवाटार पुगेका छन् ।




