राजनीति

आमनिर्वाचन वैशाख २३ गते गर्ने सरकारको प्रस्ताव

काठमाडौं । सरकारले आमनिर्वाचन २०७८ वैशाख २३ गते गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी ओलीले २०७८ वैशाख २३ गते आमचुनाव गर्ने प्रस्ताव गरेका हुन् । यसअघि वैशाख १७ र २७ मा गरी दुई चरणमा गर्नेबारे छलफल भएको थियो ।


प्रतिनिधिसभा विघटनको ६ महिनाभित्र अर्को चुनाव गर्न यस्तो सिफारिश गरिएको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद विघटन र चुनाव सिफारिस गरेर प्रधानमन्त्री ओली शीतल निवासबाट बालुवाटार फर्केका छन् । बालुवाटारमा अहिले सुरक्षा व्यवस्था निकै कडाई गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *