मुख्य समाचार

काँग्रेस पदाधिकारीहरुको बैठक बस्दै

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारीहरुको आकस्मिक बैठक बोलाएको छ ।

संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्न कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो ।

अहिले दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारीहरुको बैठक बस्ने सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *