राजनीति

गौतमलाई अध्यक्ष बनाउन ओलीको प्रस्ताव

काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यदि सहमति खोज्न आफुले पार्टी अध्यक्ष पद छोड्नु परे उपाध्यक्ष वामदेव गौतमलाई अध्यक्ष बनाउन प्रस्ताव गरेका छन् । यो प्रस्तावमा सहमति भए ओलीले अध्यक्ष छोड्ने र पुष्पकमल दाहाल प्रचण्ड तथा वामदेव गौतम दुई जना अध्यक्ष रहने हुन सक्छ ।

विवाद निर्णायक मोडमा प्रवेश गरेका बेला सुरु भएको नेकपा स्थायी समितिको अर्को बैठक आइतबार बोलाइएको छ । सहमतिको स्पष्ट मार्गचित्र नदेखिएका बेला बालुवाटारबाट आएको यो नयाँ प्रस्ताव हो, जसमा वरिष्ठ नेता माधवकुमार नेपाल समेत सकारात्मक रहेको स्रोतले बताए ।

हिजो पेरिसडाँडामा भएको १ नं. प्रदेशस्तरीय भेलामा अनुपस्थित हुनुभएका गौतम आज बालुवाटारको आग्रहमा खुमलटार पुग्नुलाई संयोगको रूपमा मात्र लिन नहुने बताइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *