काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल पेरिसडाँडा बैठक सकिनेवित्तिकै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आज प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवको भेला थियो । उक्त भेलाले प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने निष्कर्ष निकालेको थियो।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरु कसैलाई निषेध गरेर जाने पक्षमा नरहेको तर प्रधानमन्त्रीलाई पार्टीले नियन्त्रण गर्न आवश्यक भइसकेको बताएका थिए ।
भेलाले प्रधानमन्त्री ओलीले पार्टीको विधि, पद्धति उल्लंघन भएको निष्कर्ष पनि निकालेको छ ।




