राजनीति

संघीय संसदको अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग

काठमाडौं । संघीय संसदको अधिवेशन तत्काल बोलाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ । बुधबार बसेको पार्टी पदाधिकारी बैठकले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेका हुन् । बैठकले भोलि पुस ३ गते बिहीबार पार्टी संसदीय कार्यदलको बैठक पनि बोलाएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठकको गणपुरक संख्या ३ जना मात्र भए पुग्ने गरी अध्यादेश जारी गरेपछि कांग्रेसले अधिवेशनको माग गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *