काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउँसो २ बजेदेखि जारी छ ।
बैठकमा हिजो मंगलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका सम्बन्ध छलफल भइरहेको छ। काँग्रेसले आजको बैठकमा अध्यादेश फिर्ताका लागि रणनीति बनाउने बुझिएको छ।
काँग्रेसले आजको बैठकमा अध्यादेश फिर्ताका लागि रणनीति बनाउने बुझिएको छ
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजय गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला, पुर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्पा भुसाल, राष्ट्रियसभाका नेता राधेश्याम अधिकारी, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, रमेश लेखक, प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी छन् ।




