मुख्य समाचार

‘संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक’ :सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद अधिवेशन छलेर संबैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताएका छन् ।


सरकारले संबैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि सामाजिक संजालमा टिप्पणी गर्दै सभापति देउवाले उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद भएको बताएका छन् ।

यस प्रकरणबाट सरकारको सर्वसत्तावादी सोच झनै प्रस्टिएको बताउदै देउवाले यसमा नेपाली कांग्रेसको प्रष्ट विमती रहेको बताएका छन् ।

उनले भनेका छन् –

उपसभामुख पद खाली राखेर , सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ । यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ । यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *