राजनीति

कम्युनिस्ट सरकारको ज्यादतीविरुद्ध बाह्रबिसे बजारमा विशाल प्रदर्शन

सिन्धुपालचोक । नेपाली काङ्ग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार कम्युनिस्ट सरकारको ज्यादतीविरुद्ध सोमबार बाह्रबिसे बजारमा विरोध प्रदर्शन भयो । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ को आयोजनामा भएको विरोध प्रदर्शनमा जिल्लाको गाउँ गाउँबाट जनसमुदाय उर्लिएको थियो ।

सिन्धुपाल्चोक क्षेत्र नं–१ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको सभापतित्वमा भएको विरोधसभामा पूर्वसुचना तथा सन्चारमन्त्री नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पार्टी खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत प्रमुख आतिथ्य थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका नेताहरु हरिशरण श्रेष्ठ, प्रेमध्वज लामा, लीला नेपाल, टंक कार्की साथै सुनकोसी गाउँपालिकाका प्रमुख श्रवणकुमार जीसी (बिनोद), विभिन्न स्थानीय निकायमा नेपाली काङ्ग्रेसका जनप्रतिनिधि, नेता कार्यकर्तालगायत भातृ र शुभेच्छुक संस्थामा नेता कार्यकर्तालगायतको विशाल सहभागिता थियो ।

‘अहिले कम्युनिस्ट सरकारका कुकार्य तथा भ्रष्टचारको चाङ लाग्दैछ । समय आएपछि सबैको एक–एक हिसाब किताब गरिनेछ ।’

कार्यक्रममा हाँस्यकलाकार दमन रुपाखेती र राजन चौलागाईंले आफ्नो प्रस्तुतिमार्फत व्याङ्ग्यात्मक तरिकाले सरकारको विरोध गरेका थिए ।

सरकारको ज्यादती तथा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुले गरेका कार्यको धावा बोल्ने रमिते सरकारविरुद्धको अभियानमा कोशेढुङ्गा सावित भएको नेपाली काङ्ग्रेस केन्द्रीय खेलकुद विभागका सदस्य टपेन्द्र दर्नाल बताए । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका युवा नेता युधीर पौडेलले सेतो वस्त्र लगाएर उत्रिएका थिए भने दर्जनौं नेता कार्यकर्ताले शंख फुकेर सरकारलाई डेट एक्सपायरको संज्ञा दिलाएका थिए ।

विरोधसभामा बोल्ने क्रममा पूर्वमन्त्री बस्नेतले जिल्लामा जुनसुकै पार्टीको सरकार आए तापनि सिन्धुपाल्चोकको सरकार भनेको नेपाली काङ्ग्रेस नै हो भन्दै गर्जिएका थिए । नेता बस्नेतले भने, ‘अहिले कम्युनिस्ट सरकारका कुकार्य तथा भ्रष्टचारको चाङ लगाउदैछ । समय आएपछि सबैको एक–एक हिसाब किताब गरिनेछ ।’

विरोध कार्यक्रममा सहभागी हुन सवारी साधनसहित गाउँगाउँबाट आएका आमसर्वसाधरणको भिडले बाह्रबिसे बजारमा ट्राफिक व्यवस्थापन गर्न कठिनाई भएको थियो । विरोधसभाका बीच जुगल, सुनकोसी र चौतारा सागाचोकगढी गाउँपालिकाबाट १ सय ५० भन्दा बढी नेकपाका कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए ।

– रामचन्द्र दुलाल

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *