राजनीति

नेता लिङ्‌देनको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं। निमोमियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बिहीबार काठमाडौँ ल्याइएका राप्रपा नेता राजेन्द्र लिङ्‌देनको अवस्था सुधारोन्मुख देखिएको छ।

स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि हिजो विर्तामोडस्थित बीएन्डसी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो।

काठमाडौँकाे मेडिसिटी अस्पतालमा उपचाररत लिङ्‌देनको अवस्था अहिले सुधारोन्मख रहेको अस्पताल जानकारी दिएको हो ।

लिङ्‌देन ​राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम्‌ झापा क्षेत्र नं. ३ का सांसद् हुन्‌।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *